निस्ता कार्की / कालिकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको ज्यान गएको छ । भने तिन जना घाइते भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडामा शनिवार बिहान ८ बजे घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किँदा चार वर्षीया झरना थापाको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचारको क्रममा सुर्खेतमा ज्यान गएको कालिकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले बताए।
यस्तै, तीन वर्षीया दर्शना राना,पाँच वर्षीया मुस्कान थापा र सात वर्षीय कमल थापा घाइते भएका छन्। घाइते बालबालिकाहरुलाई कालिकोटमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाले बताए।
प्रहरीको अनुमान अनुसार पुरानो सकेट बम हुन सक्ने अनुमान गरिएको छ। अहिले प्रहरी निरिक्षक सुबराज बमको कमान्डमा २३ जना प्रहरि अनुसन्धानको लागि खटिएको प्रहरीले जनाएको छ।
उनिहरु नजिकैको कालिका आधार भुत विद्यालयमा अध्यानगदै आएका थिए। घर परिवार सबै कार्तीकको चटारोले खेतबारिको काममा गएको बेला सबै जना जम्मा भएर घर नजिकै कोदोबारीमा खेल्ने क्रममा यस्तो भएको मितक झरना थापा बुबा जयलाल थापाले बताए । उनका अनुसार त्यो ठाउँ धेरै टाढा पनि छैन् नजिकै छ। आफ्ना छोरी झरना मुस्काना थापा,माइलादाई प्रबलाल थापाको, छोरा कमल थापा, आफनत चक्र रानाको छोरी दर्शना राना,धनि रानाको छोरी सरस्वति राना,सबै बच्चाबचि एकै ठाउँमा खेल्न आएको बेला फेलापारेकोर खेलने क्रममा विस्फोटक वस्तु पड्किीएको हुन सक्ने तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीले बताए।
उनले भने ‘यो वस्तु यतै फेला परेको हैन्। कसैले कतै यो विस्फोट हुदैन भनेर फालेको हुन सक्छ बालबालिकाले खेलदै जादा उक्त वस्तु विस्फोटक भएको हो कि अनुमान गर्न सकिदैन्। उनले दन्द कालमा फलिएको सकेट बम हुन सक्ने अनुमान गरेको बताइएको छ।’
तिन जना घातेको सुर्खेतमा उपचार भईरहेको छ।
दियो खबर । १३ कार्तिक २०७९, आईतवार ०४:१८