कालिकोट /नेकपा एकीकृत समाजवादी कालिकोटका अध्यक्ष एवम् कालिकोट प्रदेशसभा(ख)का उम्मेदवार विश्वराज वमले आफ्नो उम्मेदवारी बारे गलत भ्रम फैलाइएको भन्दै भ्रमित नहुन सार्वजनिक रुपमै आग्रह गर्नु भएको छ ।
आफू अभियानको नेतृत्व गरेर सान्नीत्रिवेणी,रास्कोट हुँदै पचालझरना गाउँपालिका पुगेको जानकारी गराउदै उम्मेदवार वमले ,फेसबुक स्टाटस मार्फत नै सो आग्रह गर्नुभएको हो ।
उहाँले कानुनी , राजनीतिक र नैतिक तीनवटै कारणले आफ्नो उम्मेदवारी मिड प्याक नहुने भन्दै आफ्नो पक्षमा खुलेर प्रचारप्रसार लगायतका सहयोग गर्नु हुन सम्पूर्ण शुभेच्छुकहरुमा आग्रह गर्दै उप्रान्त यस्ता भ्रम नफैलाउन आग्रह समेत गर्नुभएको छ ।केही गलत नियत भएका मान्छेले आफ्नो उम्मेदवारी बारे भ्रम फैलायपछि आफ्ना शुभेच्छुकहरुले चासो र चिन्ता राखेको उहाँको भनाइ छ । कालिकोट प्रदेश सभा (ख) मा एकीकृत समाजवादीले ऐतिहासिक जित हासिल गरेरै देखाउने प्रचार अभियानमा सरिक युवा नेता डबल बोगटीले जानकारी गराउनु भयो ।
आफ्नो उम्मेदवारी कुनै हालतमा मिड प्याक नहुने उम्मेदवार वमको दाबी
तपाईको प्रतिक्रिया
भावना शर्मा । ९ कार्तिक २०७९, बुधबार १४:३३