दाम्रीगाडको पक्की पुल निर्माण कार्य अलपत्र

कार्लिकोट/कालिकोटको पलाँता गाउँपालिका–९  दाम्रीगाड(खोला)माथिको पक्की पुल निर्माण अलपत्र परेको छ। ठेकेदारले निर्माणाधीन पुल तिन वर्ष बितिसक्दा समेत पूर्ण रूपमा बनाउन नसक्दा पुलको निर्माण कार्य अलपत्र परेको हो।
विसं २०७७ देखि शुरु भएको पँलाता गाउपालिका अन्तरगत वेल्केढुंगा,मोहोर,पुलाँहा,छलाँहा सडक खण्डको बिचमा पर्ने दाम्रीगाड खोलामा पक्की पुल निर्माण नहुदा पलाँताबासिलाई निक्कै सास्ति हुने गरेको छ। पुलको निर्माण कार्य एक बर्षदेखि ठप्प छ। पुल समयमा नबन्दा आवतजावात गर्न काठको भरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय पूर्णसिंह बमले बताए।

‘लामो समय पुल नबन्दा हामीलाई सास्ती भईरहेको छ।’,उनले भने,‘रातविरात बृद्ध,बालबालिकाले जोखिम मोलेर यात्रा गर्न परिरहेको छ। न गाडि जान्छ । कहिले सम्म कष्टकर जिवन वाच्न पर्ने हो ? दाम्रीगाडको अवस्था उस्तै छ । नागरिकले दुख पाईरहेका छन्। ठेकेदारको लापरर्वाही भयो। पुल तयार भएन’ लामो समय देखि पुल बन्ने आशामा रहेका पलाँत गाउँपालिकाका बासिन्दा यतिखेर निराश छन्।

गाल्वा जगदम्वा सुपरस्टार जेवीर र सुपर स्टार निर्माण सेवाले रु. ३ करोडमा कामसुरु गरेको पनि पुल निर्माणको कामले अझै गति लिन सकेको छैन्। वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको निर्माण व्यवसायी तारा शाहाले बताईन्। वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन्। पुल निर्माणमा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय सुमन बमले बताए।

पुल नबन्दा त्यहाँ वर्षौंदेखि नदी तर्न काठको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन। उक्त पुल निर्माणकार्य असार मसान्तमा सकिनेगरि फेरि म्याथ थप गरेको निर्माण व्यवसायी तारा शाहाले बताईन्। पहिला कोरोना कहरले ढिलो भएको र अव छिटै काम सम्पन्न गर्नेगरी दसैंपछी काम सुरु गरिने उनले बताईन्।
दाम्रीगाड खोलाको पक्की पुल कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले २०७७ मा सिलन्यास गरेका थिए। उक्त समयमा महेन्द्र बहादुर शाहीले सिलन्यास गरेका अरु पुलको अवस्था पनि उस्तै छ। पँचालझरना गाउपालिकाको जारकोटको पक्की पुल पनि उस्तै अवस्थामा रहेको स्थानिय भिम आचार्यले बताए । यस्तै रास्कोट नगरपालिकाको रास्कोट रंगलासापनि अलपत्र परेको स्थानियले बताएका छन्।

तपाईको प्रतिक्रिया