एकीकृत समाजवादीको निर्वाचन लक्षित बैठक सम्पन्न

रुकुम पश्चिम / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी रुकुम पश्चिमले आज मुसिकोटमा निर्वाचन लक्षित बैठक सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन तयारीका लागि बैठक सम्पन्न गरेको हो ।

पार्टी अध्यक्ष हरि प्रसाद शर्माका अनुसार जिल्ला कमिटीको सातौं बैठक मार्फत निर्वाचन तयारी र परिचालन सम्बन्धमा विभिन्न विभाग गठन र चुनावी कार्यक्रमको रुपरेखा तय गरिएको छ । जसअन्तर्गत बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचन तयारीका लागि कात्तिक १२ देखि २७ गते सम्म सबै पालिकाका वडामा निर्वाचन लक्षित कार्यक्रम गर्ने भएको छ । त्यस्तै पार्टी र समानुपातिक उम्मेदवार सङ्ग सम्बन्धित प्रचार सामग्रीको उत्पादन तथा वितरण समेत गरिने नेकपा एस रुकुम पश्चिमले जनाएको छ ।
त्यसका लागि आर्थिक संकलन गर्ने गरि सबै पालिका अध्यक्षलाई जिम्मेवारी दिइएको छ । बैठक बाट निर्वाचन प्रचारप्रसारका लागि देउसी भैलो कार्यक्रमको पनि आयोजना गरेर जनताको घरदैलोमा पुग्ने पार्टी अध्यक्ष शर्माले बताउनुभएको छ ।

तर बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि भने गठबन्धनका प्रत्यक्ष उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

बैठकमा नेकपा (एस) का पोलिटब्युरो सदस्य शेर बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सचिब ठकेन्द्र प्रकाश पुरी, केन्द्रिय सदस्य देबी ओली र विमल कुमार पुन मगर लगायत अतिथिको उपस्थिति रहेको बताइएको छ ।

पार्टी सचिब सुरज कुमार परियारले सञ्चालन गर्नुभएको बैठकको अध्यक्षता पार्टी अध्यक्ष हरीप्रसाद शर्माले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया