सुर्खेत /कालिकोट जिल्ला महावै गाउँपालिका-१ थामखेतका बाढी पीडितलाई महावै गाउँपालिका सरकारले जनही ५० हजारको दरले राहत उपलब्ध गराएको छ। असोज २३ गते आएको भरिरल बर्षाकारण महावै गाउँपालिका-१ थामखेतमा चार वटा घर पुर्ण रुपमा क्षति भएको छ भने,अन्नबाली,सिचाइ कुलो,खेतबारी र आवतजावत गर्ने पुल समेत क्षति गरेको छ।
यहाँ घरहरू पुर्णरुपमा क्षति भएका छन् ।वस्ति नै स्थानन्तरण गर्नेका लागि प्रदेश र संघिय सरकार संग समन्वय गर्ने अध्यक्ष खेम बहादुर सिंह(भिजन) ले दियो खबर संग बताए ।
अध्यक्ष सिंहले भने अहिले तत्काल बाढी पिडितको घाउमा मलम लगाउने काम भएको हो ।
जनताले स्थानीय सरकार पाएको महसुस हुने गरि काम गर्ने समेत बताए ।
बाढी पीडितलाई अध्यक्ष सिंहको राहत
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३० आश्विन २०७९, आईतवार १०:०४