रुकुम पश्चिम / आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि रुकुम पश्चिमा १२ जना चुनावी मैदान छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा १२ जनाको नाम सार्वजनिक भएकोे हो । यिनै १२ जनाले आगामि मंसिर ४ गते हुने प्रतिनिधिे सभा र प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन ।
प्रतिनिधि सभामा ६ जनाले प्रतिस्पर्धा गर्दा प्रदेश सभा क्षेत्र (क) र (ख) मा ३/३ जनाले चुनावि प्रतिस्पर्धा गदैँ छन् । प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दराम देवकोटा, राप्रपाबाट दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन हुनुहुन्छ । भने प्रतिनिधि सभाकै लागि राजन पाण्डे र तारक केसी स्वतन्त्रबाट चुनावी मैदानमा होमिनु भएको छ ।
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख) को लागि गठबन्धनसगं नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा छन । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) मा गठबन्धनका दर्फबाट माओवादीका महेन्द्र केसी, नेकपा एमालेबाट नारायणकुमार शाह र राप्रपाका विनोदकुमार शाह हुनुहुन्छ ।
क्षेत्र नम्बर (ख) मा गठबन्धनका तर्फबाट माओवादीका राजकुमार शर्मा, एकपा एमालेबाट कर्णबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्जल केसी हुनुहुन्छ । प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले भने गठबन्धनलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको छ । अन्तिम नामावलीमा परेका सवै उम्मेदवारलाई आज साँझ ७ बजेसम्म निर्वाचन चिन्ह दिने कार्य सुचि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भावना शर्मा । २७ आश्विन २०७९, बिहीबार ११:००