डा.रावलले भोलि पत्रकार सम्मेलन गर्दै 

काठमाडौं / नेकपा एमालेका नेता डा.भीम रावलले प्रतिनिधिसभामा निर्वाचनमा टिकट नपाएपछि उक्त विषयमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्।
“आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएपनि केन्द्रले भने रावलको नाम काटेको थियो । केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएका थिए । अछाम क्षेत्र- १ मा एमालेले झपट बोहोरालाई उमेदवार बनाएको छ ।

टिकट नदिएको यस विषयमा उनले उचित समयपछि बोल्ने बताउँदै आएका थिए । पार्टीमा ओली र रावलबीच चर्काे मतभेद हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया