एमाले बाट कुर्मराज शाहीको उम्मेदवारी दर्ता

काठमाडौ /नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश उप-सचिव एवं कालिकोट जिल्ला इन्चार्ज समेत रहेका कुुर्मराज शाहीले पार्टी परित्याग गरि नेकपा एमाले मा प्रवेश गरेका छन्  ।
प्रवेश गरे लगत्तै नेकपा एमाले बाट प्रदेश सभा(क) प्रदेश सभा  सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार शाहीले कालिकोट प्रदेश (क) बाट पार्टीको  तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर रावतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २०७४ सालको निर्वाचनमा प्रदेश(क) बाट विजयी बन्नेका  शाही पनि त्यहीँ क्षेत्र बाट उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया