काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) कालिकोट जिल्लाका अध्यक्ष विश्वराज बमले प्रदेश (ख)मा प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय मान्म पानीमा छाता ओडेर पुगेका थिए ।
आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर कालिकोट जिल्लामा पानी परिरहेकोले समस्या भएको बताए ।
कालिकोट जिल्लामा गठबन्धन भए पछि नेकपा एकीकृत समाजवादीको भागमा नपरे पछि उक्त गठबन्धन नमान्ने भन्दै विद्रोह सुरु गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलम बाट उम्मेदवारी दिएको समेत बताए ।
नेकपा एमालेमा कर्णाली प्रदेशमा विद्रोह समेत गरेको जिल्ला र संगठनका हिसाबले कर्णाली प्रदेश कै बलियो भएको जिल्लामा एउटा सिट पनि भागबन्डामा नपरे पछि जनताको जनमतको कदर गर्नका लागि उम्मेदवारी दिएको बमले बताए ।
गठबन्धन बाट नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा महेन्द्र बहादुर शाही ,प्रदेश सभा ,(क)मा नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर रावत र (ख) मा नेपाली काँग्रेसका हिक्मत बहादुर विष्टले मनोनयन दर्ता गरेका छन् ।
भावना शर्मा । २३ आश्विन २०७९, आईतवार १७:००