रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी मनोनयन दर्ता गराएको छ ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको उम्मेदवारको लागी जनार्दन शर्माले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले जानकारी दिनुभयो।
नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएका शर्माले प्रस्तावकमा गोपाल शर्मा र समर्थकमा रातो कामीलाई राखेर उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै प्रतिनिधि सभासँगै माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क को लागी मा महेन्द्र केसीले र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख को लागी राजकुमार शर्माको उम्मेदवार दर्ता भएको छ ।
भावना शर्मा । २३ आश्विन २०७९, आईतवार १३:३१