रुकुम पश्चिममा राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटन

रुकुम पश्चिम/मुसिकोटमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको २६२ औं शाखा कार्यालय उद्घाटन गरिएको छ ।

शनिबार एक कार्यक्रमका बिच बैंकका संचालक दिलिप कुमार ढुंगाना र बैंकका प्रमुख कार्यकारी अधिकृत किरन कुमार श्रेष्ठले सयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०२२ माघ १० गते स्थापना भएको यो बैंक सरकारको पुर्ण स्वामित्व रहेको एक मात्र बैंक रहेको जानकारी दिनुभयो । मुलुकका ७ जिल्ला बाहेक सबै जिल्ला सदरमुकामका शाखा रहेको यस बैंकले १६ लाख ५० हजार भन्दा बढी मोबाइल बैंकिङ सेवा प्रवाह गरिहेको समेत उहाँले जानकारी दिनुभयो ।

बैंकका कर्णाली प्रदेश उपप्रमुख केशव राज खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका पुर्व अर्थमन्त्री एवम् प्रदेश सभा सदस्य गोपाल शर्मा र प्रदेश सभा सदस्य देवि ओलीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमका रुकुम पश्चिमका विभिन्न स्थानीय तहका प्रमुखहरुको समेत आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया