रुकुममा शान्ति सम्वाद कार्यक्रम सम्पन्न

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा शान्ति सम्वाद कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका द्वन्द्व प्रभावित महिला, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु बीच शान्ति सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपाल रुकुम पश्चिमको आयोजनामा गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको ओरेक रुकुम पश्चिमका संयोजक दिपा धितालले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला संयोजक धितालले एक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले तत्कालिन माओवादीले गरेको सशस्त्र यद्धका क्रममा प्रभावित महिलाको अवस्थाको विषयमा प्रस्तुति गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख लुम्बिनी गौतम, गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, सवै वडाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, परमानन्द घिमिरे, प्रहरी प्रमुख विष्णु प्रसाद सोती ,गाउँपालिका कर्मचारीहरु लगायत गाउँपालिका भित्र रहेका द्धन्द्ध पिडितहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया