कालिकोट / संविधान दिवसको अवसरमा कालिकोट जिल्ला महावै गाउँपालिकाले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा रहेका विरामिहरु लाई फलफूल र अण्डा वितरण गरेका छ ।
सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को यस पावन अवसरमा महावै गाउँपालिका,कालिकोट,नेपालमा रहनुभएका समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइ हरूमा नेपाली महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस शुभ दिनले हामीहरूबीच निरन्तर एकता, आपसी सहयोग तथा सद्भावको भावनालाई थप उजागर गर्ने प्रेरणा तथा हौसला मिलोस र विरामिहरु लाई हौसला दिनको लागि फलफूल र अण्डा वितरण गरिएको अध्यक्ष सिंहले बताए ।नेपाली हरुको खुशीको दिन हो आज सबै महावै गाउँपालिका आम नागरिक लाई आज घर-घरमा दिप प्रज्वलन गरेर संविधान दिवस मनाउन पनि आग्रह गरेका छन् ।
जिल्ला प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा ,जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोगन मल्ल ,जिल्ला अस्पताल कालिकोटका कार्यालय प्रमुख डा. रत्नविर सुनार ,सुचना अधिकारी कटक महत,महावै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, कर्मचारी ,स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
संविधान दिवसको अवसरमा महावैका अध्यक्ष सिंहले गरे विरामि लाई फलफूल वितरण
तपाईको प्रतिक्रिया
भावना शर्मा । ३ आश्विन २०७९, सोमबार १४:२१