कालिकोटमा सुपथ मूल्य पसल सञ्चालन

सुर्खेत /दशै,तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि कालिकोटसहित कर्णाली प्रदेशका जुम्ला ,हुम्ला ,मुगु ,डोल्पा ,जाजरकोट ,दैलेख ,सुर्खेत ,रुकु पश्चिम ,सल्यानमा सुपथ पसल सञ्चालनमा आएका छन् ।कालिकोट जिल्लामा पनि चाडपर्व लाई लक्ष्यित गरेर यस्तो बेलामा बजारमा अस्वभाविकरुप मुल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालनमा ल्याईएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालयले प्रमुख कमल राज पाण्डेले बताए । कम्पनीले स्थापना गरेको चाडवाडलक्षित सुपथ मूल्य पसलको शनिबार कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले उद्घाटन गरे । उनले दशैं, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविकरुपमा मुल्यवृद्धि हुने भएकाले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरुपले तीव्र पारिने बताए ।
‘बजारमा हुने अस्वभाविक मूल्य बृद्धि नियन्त्रण गर्नुका साथै गरिवीको रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर ल्याईएका सुपथ पसलहरुबाट विचौलियाले फाइदा उठाउनु हुँदैन,’ उनले भने, ‘चाडपर्वमा आम नागरिकलाई सेवा पु¥याउन यस्ता सुपथ मूल्य पसलहरु अब सरकारी स्वामित्वका मात्र होइन, नीजि क्षेत्रले समेत आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्न आग्रह गर्दछु ।’ उनले यस्ता सहुलियत मूल्य पसल शहरमा मात्र होइन, गाउँसम्म पु¥याउन आवश्यक रहेको औल्याए । कार्यक्रममा डिएसपी जयश्वर रिजाल ,शस्त्र प्रहरी बलका डिएसपी ,राष्ट्रिय अनुसन्धानका डिएसपी ,कर्मचारी ,सरकारवाला निकाय लगाएतको उपस्थिति रहेको थियो ।
यसबाट उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ त्यति रकम सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ । दुई वर्षअघिदेखि सरकारले उपभोक्तालाई राहत दिन बजेटमै रकम व्यवस्था गर्दै आएको छ । सुुपथ पसल कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालिकोटका कार्यालय प्रमुख कमल राज पाण्डेले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुहरुको विधिकरणमा जुटिएको बताए । उनले सहुलियत मूल्य पसलबाट चामल उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए । ‘चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको हो,’ उनले भने, ‘चाडपर्वमा उपभोक्तालाई राहत दिन कम्पनीले कालिकोटमा सुपथ पसल सञ्चालनमा ल्याएको छ ।’ उनका अनुसार चामल प्रतिकेजी सात रुपियाँ छुट दिइएको समेत बताए ।

तपाईको प्रतिक्रिया