कालिकोट — प्रेस चौतारी नेपाल कालिकोट जिल्लाको ७औं जिल्ला अधिवेशनले निस्ता कार्कीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ। पत्रकारिता क्षेत्रमा क्रियाशील कार्की महिला पत्रकारिता प्रवर्द्धनमा सक्रिय रहँदै आएकी छिन्।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै जिल्लाको पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित उपाध्यक्ष कार्कीले पत्रकारितामा महिलाको भूमिका अझ प्रभावकारी बनाउन पहल गर्ने बताइन्।
उनले स्थानीयस्तरमा सञ्चार क्षेत्रको विकास, प्रेस स्वतन्त्रता र नारी पत्रकारिताको सशक्तीकरणलाई आफ्नो प्राथमिकता बनाउने उल्लेख गरिन्। साथै, उनले पत्रकारितामा महिला सहभागिता बढाउन आवश्यक वातावरण निर्माण गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रेस चौतारी नेपाल कालिकोटको नयाँ नेतृत्वले पत्रकारहरूको हक, हित र सुरक्षा सुनिश्चित गर्दै निष्पक्ष पत्रकारितालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
दियो खबर । २० माघ २०८१, आईतवार ०९:५०