काठ अभावले राउटे समुदाय बस्ती सार्दै

सुर्खेत / जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले नयाँ ठाउँमा बस्ती सार्ने भएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा-२२ गिरिघाट खोलामा बस्दै आएका उनीहरू अब बराहताल गाउँपालिका वडा-२, गिरिघाट जुम्ला रोड नजिक सर्ने तयारीमा छन्।

मुखिया सुरे नारायण शाहीका अनुसार झण्डै दुई महिनादेखि बसेको स्थानमा सामाग्री बनाउन आवश्यक काठ पाउन छोडेपछि नयाँ ठाउँमा सर्ने निर्णय गरिएको हो।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदायमा हाल ३९ घरधुरीमा १३६ जना रहेका छन्। प्राकृतिक स्रोतसाधनको उपलब्धता हेर्दै एक स्थानबाट अर्को स्थानमा सर्ने राउटे समुदाय हाल नयाँ गन्तव्यतर्फ अघि बढिरहेको छ।

तपाईको प्रतिक्रिया