प्रेस चौतारी कालिकोटको अध्यक्षमा रमेश सुनार निर्वाचित

कालिकोट – नेकपा एमालेसम्बद्ध प्रेस चौतारी नेपाल कालिकोटको ७औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट रमेश सुनार अध्यक्ष पदमा निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा उपाध्यक्ष कट्क बम र निस्ता कार्की, सचिव ललित बिष्ट, सह-सचिव मान वहादुर विश्वकर्मा र लिलाराज सञ्ज्याल तथा कोषाध्यक्ष तारा सार्की चयन भएका छन्।त्यस्तै
 सदस्यमा अशोक देवकोटा ,वर्षा योगि,अस्मिता विस्ट, नवराज खड्का, बहादुरे विश्रवकर्मा रहेका छन्।

केन्द्रिय प्रतिनिधिमा तुलाराम पाण्डे, कृष्णराज धमाला, दिलिप कुमार शाही , विश्वनाथ सिम्खाडा, सुमन कुमार बम ,भगवती शाही र प्रदेश प्रतिनिधिमा गोकर्ण प्रसाद संज्याल , छत्र रोका मगर, राधिका कुमारी मल्ल ,सर्मिला कुमारी शाही ,कोपिला कुमारी शाही,जयाराम चौलागाईंरहेका छन्।

नवनिर्वाचित अध्यक्ष रमेश सुनारले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित तथा जिल्लाको सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आफू प्रतिबद्ध रहने बताएका छन्।

यस अधिवेशनले प्रेस चौतारी नेपाल कालिकोटको भावी कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ। निर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना!

तपाईको प्रतिक्रिया