वडा सदस्य घमान सिंह विष्टद्वारा अवैध नर्स नियुक्ति, कानुनी प्रक्रिया उल्लंघन

कालिकोट – खाँडाचक्र नगरपालिका वडा-२ का वडा सदस्य घमान सिंह विष्टले गीता शाहीलाई भवानी आधारभूत विद्यालयमा विद्यालय स्टाफ नर्स (अनमी) को रूपमा नियुक्त गरेका छन्, जो वडाध्यक्ष कविन्द्र शाहीका(भबुहारी) हुन्।

नेपाल सरकारले विद्यालय स्टाफ नर्स कार्यक्रमलाई केवल माध्यमिक विद्यालयमा मात्र लागू गरेको छ, तर वडा सदस्यले गीता शाहीलाई भवानी आधारभूत विद्यालयमा नियुक्ति दिइ कानुनी प्रक्रिया उल्लङ्घन गरेका छन्।

यस नियुक्ति प्रक्रियामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखापाल धीरबहादुर शाहीको संलग्नता रहेको देखिएको छ। नगरपालिकाले २०८१ साउनदेखि असोजसम्म गीता शाहीलाई ६०,००० रुपैयाँ भुक्तानी गरेको छ, जसको स्वीकृति निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले दिएका थिए, र लेखापाल धीरबहादुर शाहीले लेखा प्रक्रिया अघि बढाएका फोन सम्पर्कको प्रयास गर्दा जवाफ दिएका छैनन्।

स्थानीय सरकार ऐनको उल्लंघन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार:

•वडा सदस्य वा वडा कार्यालयले कर्मचारी नियुक्त गर्न पाउँदैन।

•नियुक्ति प्रक्रिया नगर कार्यपालिकामार्फत कानुनी प्रक्रिया पूरा गरी मात्र हुनुपर्छ।

•भुक्तानी पनि कानुनी आधार र आवश्यक कागजातका आधारमा मात्र दिनुपर्छ।

Screenshot

वडा सदस्य घमन विष्ट र नगरपालिकाका अधिकारीहरू मिलेर भवानी आधारभूत विद्यालयमा नर्स नियुक्ति गरेका र भुक्तानी गरेकामा गम्भीर अनियमितता देखिएको छ। यो प्रकरण नातावाद र अवैध नियुक्तिको उदाहरण भएको भन्दै स्थानीयबासीहरूले छानबिन गर्नुपर्ने माग गरेका छन्।

तपाईको प्रतिक्रिया