महासचिव पोखरेल: हिरोसिमा शान्तिको सन्देशको उज्यालो केन्द्र

टोकियो/नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन गर्दै यसलाई विश्व शान्तिको प्रतीकको रूपमा व्याख्या गरेका छन्।

परमाणु बम आक्रमणबाट तहसनहस भएको हिरोसिमा पुनर्निर्माण भएर आज शान्ति र सहअस्तित्वको उदाहरण बनेको उनले बताए। महासचिव पोखरेलका अनुसार, हिरोसिमाले दिएको सन्देशले सबै राष्ट्रलाई संयमता र शान्ति स्थापनाको मार्गमा अघि बढ्न प्रेरित गर्छ।

सन् १९४५ अगस्ट ६ मा अमेरिकी परमाणु आक्रमणका कारण हजारौं निर्दोष नागरिकले ज्यान गुमाएका थिए। विनाशपछि उठेको हिरोसिमा अहिले इतिहासको एउटा महत्त्वपूर्ण पाठ बनेको छ।

महासचिव पोखरेलसँगै एमाले केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरू तथा अन्य नेपाली समुदायका सदस्यहरूले पनि पार्कको भ्रमण गरेका थिए। पोखरेलले परमाणु हमलाको भयावह असरबारे जानकारी लिँदै परमाणु मुक्त विश्वको आवश्यकता अनिवार्य भएको धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया