अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलनमा कालिकोटका विद्यार्थीको चमक

कालिकोट/नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनका क्रममा कालिकोटबाट आधा दर्जन विद्यार्थी नेताहरु केन्द्रिय समितिमा निर्वाचित भएका छन्। यसले संगठन विस्तारमा कालिकोटको महत्त्वपूर्ण उपस्थिति जनाएको छ।

संगठनको इतिहासमा यो पहिलोपटक हो जब २३ औं सम्मेलनमा कालिकोटका मनसिंह शाहीको नेतृत्वमा यस्तो सफलता प्राप्त भएको हो। कर्णाली प्रदेशको अध्यक्ष मनसिंह शाहीका कारण केन्द्रिय समितिमा ममता अधिकारी (उपाध्यक्ष), राजन अधिकारी, प्रेम दर्जी, पार्बती संज्याल (सचिवालय सदस्य), अस्मित बम, दिपेन्द्र बहादुर शाही (खुल्ला सदस्य), सिमा शाही (समावेशी सदस्य) र जीवन रावत (निर्वाचन आयोग सदस्य) निर्वाचित भएका छन्।

निर्वाचित विद्यार्थी नेताहरुले मनसिंह शाहीको नेतृत्वलाई उच्च सम्मान गर्दै संगठन निर्माणमा उनको योगदानलाई प्रंशसा गरेका छन्।

तपाईको प्रतिक्रिया