प्रवासी नेपाली एकता मन्च जापानको अधिवेशन अप्रिलमा,नयाँ निर्णयहरु पारित

टोकियो/सिनओकोबु स्थित सोलमारी रेस्टोरेन्टमा प्रवासी नेपाली एकता मन्च जापानको मुल कमिटीको वैठक सम्पन्न भएको छ। यस वैठकको अध्यक्षता क. हरी लामीछानेले गरेका थिए र प्रमुख अतिथि क. दोर्ण शिलवाल थिए।
अधिवेशनमा प्रमुख निर्णयहरु पारित गरिएका छन्:
१.अधिवेशन मिति तय:
प्रवासी नेपाली एकता मन्च जापानको राष्ट्रिय कमिटीको अधिवेशन २०२५/४/६ मा आयोजना गरिने निर्णय गरिएको छ।
२.आर्थिक समन्धमा:
कोषाध्यक्ष क. कृष्ण अर्यालको संयोजकत्वमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरियो।
३.प्रचार प्रसार:
अधिवेशनको सफलताका लागि जापानभरिका नेपाली दाजुभाइ र दिदीबहिनीलाई आव्हान गरिने निर्णय गरियो।
४.फेसबुक पेज तथा समूह सञ्चालन:
संगठनको आधिकारिक फेसबुक पेज र म्यासेन्जर समूह सञ्चालनको जिम्मा क. सुमित रोकायालाई दिइने निर्णय गरियो।
५.नयाँ सदस्य मनोनीत:क. मन्जु गिरीलाई महिला संयोजकको जिम्मा दिइएको छ र अन्य सदस्यहरूलाई पनि मनोनीत गरिएको छ।
यस अधिवेशनले संगठनलाई थप सशक्त बनाउनका लागि महत्वपूर्ण कदम चालिएको छ र आगामी अधिवेशनलाई सफल बनाउन सबैका लागि आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया