ह्रदयघातका कारण सिंहको मृत्यु गाउॅंनै शोकमा डुव्यो

सुर्खेत/कालिकोट जिल्ला महावै गाउॅंपालीका वडा-३ का प्रशासन सहायक केशर बहादुर सिंह(आक्रोश)को ३७ वर्षको उमेरमा ह्रदयघातका कारण आज विहान मृत्यु भएको हो।सिंह आज बिहान कार्यालय जाने तयारीमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।केशर वहादुर सिहं (आक्रोश)समाजसेवी,शब्द सर्जक, साहित्यिक पनि उत्तिकै चिरपरिचित थिए उहांको मृत्युले गाउॅंपालीका नै शोकमा डुव्येको गाउॅंपालीका अध्यक्ष खेम वहादुर सिंहले वताए । एक असल कर्मचारी गुमाउनुको पिडा भनि साध्य छैन् भन्दै सिंहले गरेका समाज रुपानन्तरण देखि साहित्य क्षेत्र सम्म लोकप्रिय समाजसेवीको रुपमा चिनिन्थ्ये ।

उच्च रक्तचाप रहेका उनी ह्रदयघातका कारण मृत्य भए हुन सक्ने आशंका गरिएको छ ।सिंहका श्रीमती १ छोरा र २ छोरी रहेका छन्।स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने  नेकपा (एस)  कालिकोट जिल्ला अध्यक्ष चित्र सिंह गाउॅंलेले वताए।

तपाईको प्रतिक्रिया