नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीद्वारा सात टहरा निर्माण

रुकुम पश्चिम /रुकुम पश्चिममा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरी (एनसीएससी) द्वारा सात टहरा निर्माण भएका छन ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ चाक्ली मेलामा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरी
(एनसीएससी) को आर्थिक सहयोगमा ग्रामीण युवा सरोकार केन्द्रले सात घरपरिवारको लागी अस्थाई टहरा निर्माण गरेको हो ।
२०८० कार्तिक १७ गतेको भूकम्पमा परि घरबार विहिन भएका सात घरपरिवारको लागी टहरा निमाण गरिएको ग्रामीण युवा सरोकार केन्द्रका प्रमुख पुस्तक चन्दले जानकारी दिनुभयो ।
२०८० कार्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्नेच्युटको विनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पकाले रुकुम पश्चिम र जाजरकोटमा ठुलो मानवीय र भौतिक सम्पतिको क्षती पु¥याएको थियो ।
नजिकिदै गरेको चिसो मौसम तथा आइपर्न सक्ने महामारीलाई मध्यनजर गर्दा विभिन्न आवश्यकताहरू मध्ये अस्थायी टहरा तत्काल प्रदान गर्नुपर्ने आवश्यकता भएकोले क्यानाडाको क्याल्गेरीमा रहेको नेपालीहरुको संस्था रुकुम पश्चिमले टहरा निर्माण गरि पिडित परिवारलाई हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया