बागेश्वरी असलशासन क्लब द्वरा बालबालिकालाई आर्थिक सहयोग

कालिकोट / खाँडाचक्र नगरपालिका जाेखिममा रहेका ११ जना बालबालिकालाई आर्थिक सहयाेग गरिएको छ ।

अभिभावक बिहिन आर्थिक अवस्था निकै कमजोर, बिपन्न बालबालिकालाई शैक्षिक साम्रगीकाे अभाव नहाेस भन्दै बागेश्वरी असलशासन क्लव नेपाल बाँकेले जनही तीन हजार नगद सहित झाेला सहयाेग गरिएको हाे ।

आईतवार सदरमुकाम मान्मका आयाेजित स्थानीय याेजना तर्जुमा प्रक्रियामा बालवालिका युवाकाे सहभागीता नामक अन्तरक्रिया कार्यक्रमा सहयोग हस्तान्तरण गरिएको छ ।
खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही , उपप्रमुख गणेश शाही , सम्बन्धित वडाका वडाध्यक्षकाे सहभागीतामा सहयाेग हस्तान्तरण गरिएको छ ।

यसभन्दा अगाडि पनि बास नेपालले ४ जना जाेखिममा रहेका बालवालिकालाई जनही ५ हजार नगद सहयाेग गरेकाे थियाे ।

कार्यक्रममा बालबालिका , युवा तथा जनप्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रम बास नेपालकाे आयाेजना, युनिसेफ नेपालकाे सहयाेग र खाँडाचक्र नगरपालिकाकाे सहकार्यमा आयाेजना गरिएको थियाे ।

तपाईको प्रतिक्रिया