चौरजहारी नगरपालिकाद्धारा नीति तथा कार्यक्रम पेश: शिक्षा पहिलो प्राथमिकतामा

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । आज नगर प्रमुख पुष्प वादीले  नगरसभामा नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा पहिलो प्राथमिकतामा रहेको छ भने दोस्रो प्राथमिकतामा स्वास्थ्य रहेको छ । यस्तै नगरपालिकाले  उत्पादन र रोजगारीका साथै मानव संसाधन विकास र नागरिक शिक्षाको प्रवर्धनलाई प्राथमिकतामा राखेको छ ।

 

तपाईको प्रतिक्रिया