अबको एक बर्षभित्र वडामा सडक पुर्‍याउछौं : वडाअध्यक्ष -देवकोटा

शान्नित्रिवेणि गाउँपालिका वडा नम्बर ३का विष्णुप्रसाद देवकोटाले स्थानीय तहको निर्वाचनमा ३८०मत ल्याएर जनताका प्रिय नेताका रुपमा उदाएका विष्णु प्रसाद देवकोटाले वडाको नेतृत्व सम्मालेको तीन बर्ष पूरा भई सकेको छ।यो अबधिमा वडाले गरेको बिकास निर्माणका के-के काम भए । वडा लाई कसरी आर्थिक समृद्धिका रुपमा विकसित गर्न सकिन्छ ।लगायतका विविध विषयमा केन्द्रित रहेर वडाअध्यक्ष देवकोटासंग गरेको कुराकानी।
• हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
म निरन्तर जनताको सेवामा छु। विश्वमहामरी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट जनता लाई कसरी बचाउनेमा केन्द्रित छु।लकडाउन केही खुकुलो भए पनि अवस्था सहज भएको छैन् ।म पनि कोरोना नियन्त्रणकै अभियानमा र उपभोक्ता गठन गर्न व्यस्त छु।
• तपाईंले निर्वाचित भइसके पछि हालसम्म के-के गर्नु भयो ?
म निर्वाचित भएपछि वडालाई विकास निर्माणका हरेक हिसाबले अगाडि बढाउने प्रयास गरेको छु।गाउँपालिका, प्रदेश र संघीय सरकारसँग समन्वय गरि वडामा सडक संज्याल पुर्‍याराउने काम भई रहेको छ।उज्यालो बनाउने अभियान अन्तर्गतसबै टोल -टोलमा विद्युतका पोल गाड्नेकाम भइ रहेको छ भने केही टोलमा बत्ती पनि जलिसकेको छ। मुहान शुद्ध खानेपानी दुल्या ,कयारी,माथिल्लो खोला देखि तल्लो गाउँ सम्म कुलो निर्माण पनि व्यवस्था गरेको छौ। सिचाइ कुलो निर्माण गरेकाछौ, गाउँखोलामा पुल बनाएकाछौ, आवश्यक पर्ने ठाउमा पाइप उपलब्ध गराएका छौ। गाउँपालिका,प्रदेश र संघीय सरकारसँग समन्वय गरेर वडामा ठूलो मात्राको बजेट पार्न सफल भएका छौं। समग्रमा भन्दा म निर्वाचित भएपछि वडाको समग्र विकासले फड्को मारेको छ र मेरो पहिलो प्रथामिकता भनेकै सडक हो हामीले सडक लाई किन पहिलो प्रथामिकता मा राख्नुभयो भन्ने प्रश्न मा उहाँले अहिलेको आवश्यकता भनेको नै सडक हो किन भने यातायातको साधन गाउँ आए पछि सबै सेवा सुविधा को लागि सहज हुने भएकाले सडक ,खानेपानी ,विद्युत ,शिक्षा भएकाले मैले पहिलो प्रथामिकता मा सडक राखेकाहौं ।
• तपाईंको नजरमा वडाको आर्थिक समृद्धिका आधारहरु के-के हुन ?
यहाँका नागरिकहरुको गरिबी निकै दयनीय छ।यहाँका अंधिकाश नागरिकहरु गरिविको रेखामुनि छन् ।यस वडाको आर्थिक समृद्धिका आधार भनेकै कृषि क्षेत्र हो ।यहाँको गरीबी अन्त्य गर्नको लागि आधुनिक कृषि प्रर्णालीमा जोड् दिएका छौ।घिउ ,आरु ,उखु ,तरकारी, पशुपालन र काठ बाट उत्पादनको पकेट क्षेत्र नै आर्थिक विकासको मुख्य आधार बनाएका छौं ।
• यहाँको पर्यटन क्षेत्रको विकासका लागि वडाले के-कस्तो योजना बनाएको छ?
यस वडामा पर्यटकीय हिसाबले महत्त्वपूर्ण धार्मिक स्थलहरु रहेका छन्। गडुस्नायी माई,यस वडा भित्र पर्ने सम्पूर्ण धार्मिक स्थलहरु,मठमन्दिर,लाई व्यवस्थित गरेर पर्यटकीय हिसाबले विकास गर्न मास्टर पलान बनाएका छौं ।
• तपाईं वडाको कार्य सम्पादन प्रति सन्तुष्ट हुनुहुन्छ ?
काम गर्दै जाँदा बाहिरबाट अभिमत राख्न जति सहज छ। त्यसको कार्यान्वयन गर्न निकै गाह्राे छ।मेरो कार्यकाल तीन बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गर्दै गर्दा विभिन्न चुनैतिको बिचमा काम गर्दै आएको छु।तीन बर्षको समय अबधिमा कानुन निर्माणदेखि विकास निर्माणका कामहरू भएका छन् ।शुन्य विन्दुबाट काम गर्नु पर्दाका जटिलता लाई चिर्दै विकास निर्माण लाई गति लिएका छन् ।समग्रमा वडाको कार्य सम्पादन सन्तोषजनक नै छ।
• जनप्रतिनिधिले भ्रष्टाचार गर्ने इच्छाअनुसार योजना बनाउछन् भन्ने आरोप छ नि?
जनप्रतिनिधिले भ्रष्टाचार गर्नकै लागि योजना बनाउछन् भन्ने कुरा सरासर गलत छ।तर सयाैंको भिडमा एक/दुई जना व्यक्तिमा भ्रष्टाचारको संका गर्ने ठाउँ हुनसक्छ ।हिजोआज उपभोक्ता समिति वस्नको लागि मुद्दा लड्नुपर्ने अवस्था छ।उपभोक्ता समिति मार्फत भएका योजनाहरु दिगो छैनन् ।उपभोक्ता समितिमा बसेपछि भ्रष्टाचार गर्ने पाइन्छ भन्ने एक प्रकारका नागरिकहरुको सञ्जाल नै छ।केही विकासे योजनाहरुमा केही जनप्रतिनिधिहरु प्रभावित भएको पाइन्छ ।कार्यपालिका बैठक ,गाउँसभामा पनि यस्ता विषयहरु आउने गरेका छन् ।तर भ्रष्टाचार गर्नकै लागि जनप्रतिनिधिले इच्छा अनुसार योजना बनाउछन् भन्ने कुरा गलत हो ।
• अन्तमा के भन्नू हुन्छ ?
सम्पूर्ण वडा बासि लाई नयाँ उर्जा हौसलाका साथ निर्माणको अभियानमा जुट्न सबै वडा बासि लाई आह्वान गर्दछु ।आफ्ना टोल -टोलमा भएका विकास निर्माण लाई दिगो र पार्दर्शी बनाउन सहयोग गर्न अनुरोध गर्दछु।
विजया दशमी ,शुभ-दिपावली एवं छठ पर्व २०७७ सालको पावन अवसरमा सम्पूर्ण वडाबासी ,वडा कार्यसमिति,कर्मचारी ,राजनीतिक दल,नागरिक समाज ,पत्रकार ,सुरक्षाकर्मी ,सेवाग्राही ,शिक्षक,अभिभावक ,विद्यार्थी ,उद्योगी ,व्यापारी ,लगाएत समस्त नेपाली आमाबुवा ,दाजुभाइ ,दिदिबहिनीहरुमा,सुख,शान्ति ,समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईको प्रतिक्रिया