Loading... आजः १२ असार २०७९, आईतवार

कालिकोटमा अन्नबाली क्षेती भएकालाई राहत दिइने

मनिराज पाण्डे/कालिकोटमा वेमौषमी बर्षाका कारण अन्नबाली क्षेती पुगेका किसानलाई जिल्ला प्रशासन कार्यालय कालिकोटले राहत उपलब्ध गराउने भएको छ । बेमौषमी बर्षाका कारण २०७८ असोज ३१ गते देखि कार्तिक ५ गते सम्म नेपाल भर भएको बर्षाले अन्नबाली क्षेती पुगेका किसानलाई राहत उपलब्ध गरान लागिएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताउनु भयो । जिल्लाका सबै स्थानीय तहहरुमा क्षेतीको विवरण एकिन गरी पठाउनु भनि जिल्ला प्रशासन कार्यालयले स्थानीयतहलाई पत्र पठाएको थियो । स्थानीय तहबाट प्राप्त भएको बिवरणका आधारमा रातह रकम उपलब्ध गराइने भएको छ । वेमौषमी बर्षाका कारण अन्नबाली क्षेती पुगेका किसानलाइ राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसार आंसिक र पुर्ण क्षेती भएका किसानले राहत पाउने छन् । पुर्णरुपमा धानवालिका क्षेती भएका राष्कोट नगरपालिका ६ सय ६८ र आंसिक धानवाली क्षेती भएका ८४ घरपरिवारले १७ लाख ७४ हजार ७ सय २५ रुपैया १२ पैसा राहत रकम पाउने भएका छन् । त्यस्तै महाबै गाउँपालिकाका पुर्णरुपमा अन्नवालि क्षेती भएका ३ सय २८ र आंसिक अन्नवाली क्षेती भएका ८७ घरपरिवारले ३० लाख ९० हजार ६५ रुपैया ८२ पैसा राहत रकम पाउने छन् । अन्य स्थानीयतहले भने विवरण पेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद प्याकुरेलले बताउनु भयो । राहत रकम सम्बन्धीत ब्यक्तीको खातामा जाने छ । महावै गाउँपालिका बाहेक अन्य पालिकाले विवरण पेश नगरेकाे प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।