Loading... आजः १२ असार २०७९, आईतवार

कालिकोटमा लागु औषध तथा दुर्वयसन विरुद्ध सप्ताह

मनिराज पाण्डे/कालिकोटमा पहिलो पटक लागु औषध दुरुपयोग तथा ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवस सप्ताहब्यापी सुरु भएको छ । सप्ताहब्यापीको तेस्रो दिन बुधबार जिल्ला सदरमुकाम बजार क्षेत्रका मेडिकलहल हरुमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताउनु भयो । जिल्लामा लागुऔषध तथा दुर्वयसन घटनाहरु बढ्दै गएको सूचनाका आधारमा सप्ताह सुरु गरिएको डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो । १० बर्ष देखि २५ बर्ष उमेर समुहका बालबालिबाहरु कालिकोटका बिभिन्न मेडिकलहरुहरुमा लागु औषधको खोजीका लागि आउने गरेको पाइएको छ । बालबालिकाहरुलाई कुलत तथा दुर्वयसनी बचाउन सप्ताह सुरु गरिएको हो । सप्ताह १२ गते सम्म चल्ने छ ।