एमाले माओवादी केन्द्र बीच गठबन्धन: काँग्रेसको पत्तासाफ

कालिकोट-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केहि दिन अघि मात्रै अहंकार बढे काग्रेसलाई पनि ठेगान लगाइदिने अभिव्यक्ति दिएका थिए ।प्रचण्डले अभिव्यक्ति दिएको एक हप्ता नपुग्दै एमाले र माओवादी केन्द्र विच गठबन्धन भएको छ ।

स्थानिय तहको निर्वाचन परिणाम पछि अहिले देशैभरी जिल्ला समन्वय समितको निर्वाचन भइरहेको छ ,कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्र विच गठबन्धन भएको हो ।

सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामासमाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत एमाले माओवादी गठबन्धन हुने भएको हो ।

एमालेले प्रमुखसहित ६ सदस्य तथा माओवादीले उपप्रमुखसहित तीन सदस्य पाउने भएको छ ।यो सहमतिमा नेकपा माओवादी र एमालेका जिल्ला नेताहरूले सम्झौता गरिसकेका छन् ।

‘कांग्रेससँग हाम्रो सहमति हुन सकेन । कांग्रेससँगको सहमति भएकै कारण हामीले स्थानीय तहको निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्यो’ माओवादी केन्द्रका एक नेताले भने,केन्द्रले गरेको गठबन्धनबाट हामीले लोप्पा खाइसकेका छौँ । उस्तै परे हामी प्रदेश तथा संघीय निर्वाचनमा एमालेसँगै मिलेर जान सक्छौंं ।’

मन्त्री होस त राम कुमारी झाक्री जस्तो, चारैतिर उनको कामको चर्चैचर्चा प्रधानमन्त्री देउवा समेत भए दंग !काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग खुशी छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि पछिल्लो समय प्रभावकारी र समन्वयात्मक भूमिका निर्वाह गरेको भन्दैप्रधानमन्त्री देउवाले मन्त्री झाँक्रीको मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।

हुन त काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जस कसले लिने ? भन्ने होडबाजी चलेको छ ।काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहले पनि यसको जस लिन खोजेका छन् ।

तर, स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि दीर्घकालिन समाधान खोज्नुपर्ने भन्दै त्यही काममा बढि सक्रिय थिईन् ।उनले मिडियामा पनि काठमाडौंको फोहोर व्यवस्थापन गरेरै छाड्छु भन्ने अभिव्यक्ति दिएकी थिईन् ।

काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख र उपप्रमुख दुवैसँग मन्त्री झाँक्रीले मन्त्रालयमा गम्भीर छलफलसमेत गरेकी थिईन् ।उनले आफ्नो तर्फबाट जस्तोसुकै सहयोग रहने भन्दै सोहीअनुसार काम गर्न आग्रह गरेकी थिईन् ।

मन्त्री झाँक्रीकै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिकाका कारण काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापनसम्बन्धी १८ बुँदे सहमति भएको थियो ।यसको लागि मन्त्री झाँक्रीले ठूलो मेहनत गर्नुपरेको थियो । यो सहमति भएसँगै काठमाडौंमा महिनौंदेखि थुप्रिएको फोहोर

हिजो (शुक्रबार) बाट धमाधम उठ्न थालेको छ । अहिले जताततै फोहोर उठाउन थालिएको दृश्य देख्न पाईन्छ ।फोहोर उठ्न थालेपछि यसको जसले कसले लिने ? भन्ने होबाडजी पनि देखिएको चर्चा चल्न थालेको छ ।प्रधानमन्त्री देउवाले भने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्री झाँक्रीले नै मुख्य भूमिका खेलेको भन्दै,

प्रसन्न छन् ।मन्त्रीहरु र आफूनिकट नेताहरुसँगको आन्तरिक छलफलमा समेत प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनबारे,मन्त्री झाँक्रीले चमत्कार गरेको बताउने गरेका छन् ।उनी मन्त्री झाँक्रीको कामबाट दंग परेका छन् । अहिले यो विषयमा बालुवाटारमा समेत चर्चा चल्न थालेको छ by,sampurnabkhabar

तपाईको प्रतिक्रिया