लालमणी धमाला/नेपाल संघिय गणतन्त्रमा प्रवेश गर्यो । कथन मा कथा लेखेझै लेखिएको संविधानमा राम्रै कथा लेखिएको छ । देश भड्खालोमा छिरेको सबैलाइ थाहा थियो हिन्दु धर्म र बौद्ध धर्मको उल्लेख बाहुल्यता अनि सबैले भगवान मान्ने देश नेपाल भएकै कारण बेद र पुराणका ज्ञाता हरुले घुमारो पारामा लेखेको मिठा मिठा शब्द हरुको चंगुलमा परेरै हो,करोडौं ले आफ्नो अमुल्य मत लाई पुराण रुपि कथित संविधान माथी खनाएको । यस्तै यस्तै चंगुलल जन्माएको गाउँ गाउँमा राजाहरुको बिगबिगी र दबदवाले कस्लाइ खापिसक्नु भएको छ र ? यो कथित संबिधान नामको चलचित्र को ट्रेलरनै मानिषको दिमाग नखल्बलिएको कहाँ छ र ? पहिलो ट्रेलर ५ वर्ष समायाबधिको छ र सकिदै छ अब पिक्चर सार्वजनिक हुनेछ अनि बर्शौ बर्श चल्नेछ अर्को कुनै शाशकको सनक अनि बाहिरी दलालले जवसम्म प्रयोगशालामा चिनी सकिँदैन तवसम्म तहल्का मच्चाउने छ र सुपर डुपर हिट चलचित्र बन्ने छ ।
ब्यवस्थापकिय पुराण मा लेखिए बमोजिम हेर्ने हो भने राम्रै ब्यवस्था आउने र केन्द्र बाट सासित शासन प्रणाली स्थानीय गाउका गरिव गुरुवा सम्मै पुग्ने आँकलन नगरिएको भने होइन जस्ले जे लेख्यो हाम्ले संबिधान मान्यौ बिडम्पना त के भने जस्ले लेखे आज तिनैलाइ त्यो संबिधान रुपि पुराण निल्नु न ओखल्नु निश्चयनै भएको छ । ब्यवस्था आयो सिस्टम बदलियला हामी बदलिउला भनेर बाटो कुरेका मेरा आशा जिउका तिउ मात्रै हैन सिहदरवार रुपि कपोकल्पित दरवारमा नाटकीय राजगद्दीमा बसेका हरुको खपिनसक्नु को ताण्डपले पनि मन तित्तर बित्तर नभएको भने होइन । सबैका विरुद्ध लागौ राँको बालेरै कफन बाधेर घर बाट निस्किन्छु भन्ने एकै प्राणी वा खै कुन देश बाट परिचालन भएको एक दलाल पनि हिजोआज छोटा राजाकै इशरामा ढोलक बजाइ बजाइ जनतालाइ चुतिया बनाइ रहेको सर्वबितितै छ ।
नामको ब्यवस्था हाम्रा देशका लागि अमेरिकि साम्राज्यवाद अनि भारतीय बिस्तार वाद ले बिज्ञान प्रयोगशालाका रुपमा अगाडि बढिरहेको छ । प्रयोगशाला मा यति बेला मिठाई र चक्लेटको स्वाद आउने खालको गुलियो चिनी लगिएको छ भने अर्कातर्फ गाउँगाउमा प्रयोगशालाका बैज्ञानिक हरु छन जस्ले चिनी बोरामा र भेली डल्ल्लामा बोकेर हात चाट्दै गाउँमा खुलेआम हिडिरहेका छन हामी पनि के कम चाट्दा खस्ला कि भनेर ताली बजाउदै जादुगर ले बाँदर नचाएझै नाचिरहेका छौ ।
गणतन्त्र वास्तममै संघिय गणतन्त्र के हो यो ब्यवस्था कस्तो हुनुपर्छ भन्ने म कुनै ज्ञाता त होइन तर गाउँ गाउँमा छोटा सिहदरवार अनि दरवार मा छोटा दलाल यो ब्यवस्थाको परिकल्पना त पक्कै नेपालको संबिधान पुराण ले गरेको थिएन होला,बरु लेख्ने र लिपिबद्द गर्ने कलाकार चै गाउमा रहेका कान्छा काका गाउँका राजा माइलो भाइ अल्लि माथितिरको राजा अनि आफू उहि पुरानो दरवार को मालिक छोरा छोरी राजदुत नामका सम्बन्धित देशका दलाल बनाउला सम्म सोच्यो होला तर बिडम्पना यहाँ उत्पादन मुखी ब्यवस्थामा राजा उत्पादन राम्रै देखियो ।
हिजो राजाको पाउमा दाम सिक्का चढाउने प्रवृत्ति लाई फोटोमा मात्रै देखेको म हिजोआज छोटा राजा को बिगबिगी आलिशानमा बसालेर जसरी तत्कालीन अवस्थामा राणाहरुले मोजमस्ती गराउथे भन्ने कथा पढेको मैले ठिक तेसै गरि लागिपरेका देशका रास्ट्रसेवक रुपि राणा हरु दरवार वरिपरि देख्ता पनि आश्चर्य नलागाको कहाँ होर ? मान्नुस सिहदरवार एउटा लघुबित्त कम्पनी हो अनि दरवारको राजा हाकीम अनि राष्ट्रसेवक कर्मचारी भनेका गाउमा लगानिकर्ता अनि राजाका भरौटे,यी सबै मिल्छ हप्ता उठाउने बिभाग छ, कार्यसम्पादन बिभाग,डकैती बिभाग,असुली बिभाग यस्ताअनेकौ अनेक बिभाग गठन गरिएको छ जस्ले धेरै कर असुली गरेर राजालाई बुझायो उ सुकिलोमुकुलो भयो जस्ले करमा तथा असुली बिभागमा अर्धदक्ष छ उ हालत खराव हुने गरि पेलिएको छ । अनि आकुलव्याकुल अबस्थामा रहेका जनता कुन सुर तालको गित बज्ने हो बाटो कुरिरहेका छन सुझ बुझको के मूल्य र आवस्यकता छ र कस्लाइपो खाँचो छ र ? मादल बजे नाच्दिने हो गित बजे सके स्वर मिलाइ दिने नसके कम्मर मर्काइदिने यति गरे छोटा राजा भि खुस मे भि खुस तुम भि खुस । कस्लाइ के तनाव जस्ले तनाव लिन्छ त्यो राजाको लिस्टमा पर्यो अर्को ब्यवस्था नहुने बेला सम्म कि गाउनु पर्यो कि बजाउनु पर्ने बाध्यता म जस्ता आसाबादी हरुको छ।
जय देश जय छोटा नरेश ।
दियो खबर । ८ जेष्ठ २०७९, आईतवार ११:१६