साहित्यमा अग्रस बन्दै -बराल

कालिकोट /कर्णाली प्रदेश कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका -१ मान्ममा जन्मिनु भएका प्रकाश बराल आँसु पछिल्लो समयमा साहित्यमा धेरै रुचि राखेको र साहित्यका धेरै बिधाहरुमा रचना पनि गर्दै आउनुभएकाे छ ।

आफू ६ कक्षा मा पढदै गर्दा आफुलाई साहित्यमा निकै नै रुचि रहेको र रचना गर्न नआएपनि ठुला ठुला साहित्यकार हरुका किताबहरु पढ्दै लेख्ने प्रयास गरेकाे उहाले बताउनु भयाे। आफू ७ कक्षा पढदै गर्दा साहित्यकाे एक महत्त्वपूर्ण बिधा गजल लेखनमा आफू पक्त भएकाे कुरा पनि उहाले बताउनुभएको छ र कक्षा ७ मा अध्ययनरत छदै बिहान र बेलुकाकाे समय मिलाई संधै दुई दुईवटा गजल काे रचना गर्ने निधाे गरि रचना पनि गर्न थालेकाे उहाँको भनाइ छ । उहाँ अहिले भने साहित्यका धेरै बिधाहरु मध्य गजल, मुक्तक,कविता,हाईकु,उपन्यास,कथा,बालकथा,लगाएतका बिधाहरुमा पाेक्त हुनुहुन्छ र उहा अहिले भने घटित जीवनमा यथार्थवादि जनचेतनामूलक उपन्यास”जन्मै जन्म”नामककाे उपन्यास बजारमा प्रकाशित गर्ने तयारिमा हुनुहुन्छ ।

उहाले भने अनुसार आफू बिकाश को हिसाबले पछाडि परेको जिल्ला अथवा कर्णाली प्रदेशमा आफ्नो जन्म भए पनि साहित्य मार्फत केही गर्नुपर्छ भन्ने उद्देश्यले अगिबढिरहेकाे उहाकाे भनाइ छ ।

उहाँ अहिले अध्ययनकाे शिलसिलामा प्रदेश राजाधानि वीरेन्द्रनगर नगरपालिका सुर्खेत मा बसाेबास गर्नुहुन्छ र उहाँ त्यहि वीरेन्द्रनगर नगरपालिका अवस्थित रहेकाे साउथ एसियन स्कालर्स एकेडेमीमा कक्षा ११ कानुन संकायमा अध्ययनरत हुनुहुन्छ । हामिले उहाँकाे एउटा कविता पनि राखेका छाै ।

काेराेनाकाे कहर जगमा बास हाम्रो घरैमा ,
हाैंला राेगि मनमन भनी त्रास छायाे सबैमा ।

काला,गाेरा सब जनकहाँ ब्याप्त राेगि छिनैमा ,
खायाे ज्यानै मनुजहरुकाे भित्रभित्रै कुनामा ।

जन्म्याे,हुर्कयाे सहर चिनकाे नाश पारि वुहान ,
दन्क्याे आगाे दनदन भई ईटलि ओै ईरान ।

माहामारि जगतभरमा राेग साझा सबैकाे ,
बाबाआमा सकस सबमा शाेक ताजा पिडाकाे ।

लालाबाला सकस घरमा पाठशाला खुलेन ,
गाडि,ट्याक्सि जलथल सबै कामकाजै चलेन ।

खाध्यन्नै जाे-नियमित नभै मूल्य लाग्याे उकालाे ,
उद्योग धन्दा अचल भई अर्थतन्त्रै ओरालाे ।

घेरा हालि वरपर सबै आउँदामा काेभिड ,
लागाै जागाै धन मन छरि भाइ,बन्धुबान्धव ।

धाेओैं हातै हरबखतमा फिंजै पानिमिचेर ,
खाओैैंखाना तरह तरहका पाेषिला चै चिनेर ।

दिर्घै राेगि वरपर बसि ख्याल राखाै बिचारि ,
ज्वरो आयाे थरथर भने भाइ हाै हाेसियारि ।

गाेरखालि हाै समर जित्ने छैन राेगि भनेर ,
नातागाेता नजिक भिडमा जान हुन्न भुलेर ।

हल्ला खल्ला सहरभरका व्यर्थमानै सुनेर ,
चिन्ता मानि छट्पट गरि राेग लाग्याे भनेर ।

सुत्दा उठ्दा बकबक गरि पाेष्ट हाल्दा कसैले ,
हामी सारा बिचलित नभै धैर्य राखाै सबैले ।

तपाईको प्रतिक्रिया