कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई कोरोना पोजेटिभ

सुर्खेत/कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना परीक्षणमा मन्त्री शाहीलाई कोरोना पुष्टी भएको हो ।
शाहीलाई सामान्य रुघाखोकी लागेको र स्वास्थ्यमा अलि असहज भएपछि कोभिड परीक्षण गराउनुभएको थियो । गरिएको एन्टीजेन परीक्षणमा मन्त्री शाहीलाई कोरोना पुष्टी भएपछि होम आइसोलेसनमा वस्नु भएको छ ।मन्त्री शाहीले सम्पूर्ण कर्णाली प्रदेशका नागरिकहरु लाई जहा छौँ जस्तो अवस्थामा छौ सुरक्षित रहन सबैलाई आग्रह समेत गरेका छन् ।मन्त्रालयका नियमित कार्यक्रम तथा भेट्घाट समेत स्थगित गरिएको स्वकीय सचिव नवीन विकले बताए ।

तपाईको प्रतिक्रिया