सुर्खेत/नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना परीक्षणमा मन्त्री आले र स्वकीय सचिव हेमन्त रेग्मी लाई पनि कोरोना पुष्टी भएको हो ।
आलेलाई सामान्य रुघाखोकी लागेको र स्वास्थ्यमा अलि असहज भएपछि कोभिड परीक्षण गराउनुभएको थियो । गरिएको एन्टीजेन परीक्षणमा मन्त्री आले र स्वकीय सचिव रेग्मीलाई कोरोना पुष्टी भएपछि होम आइसोलेसनमा वस्नु भएको छ ।
मन्त्रालयका नियमित कार्यक्रम तथा भेट्घाट समेत स्थगित गरिएको स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण
तपाईको प्रतिक्रिया
भावना शर्मा । ३ माघ २०७८, सोमबार १२:००