प्रमुख जिल्ला अधिकारी शर्मालाई कोरोना संक्रमण

सुर्खेत /कालिकोट जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना परीक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कोरोना पुष्टी भएको हो ।

शर्मालाई सामान्य रुघाखोकी लागेको र स्वास्थ्यमा अलि असहज भएपछि कोभिड परीक्षण गराउनुभएको थियो । गरिएको एन्टीजेन परीक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कोरोना पुष्टी भएपछि होम आइसोलेसनमा वस्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले सबैलाई सचेत हुनआग्रह समेत गरेका छन् ।स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तिमगरले तेस्रो लहरको कोरोनावाट कालीकोटमा १९ जना सङ्क्रमित भएको बताइन्।

तपाईको प्रतिक्रिया