एकै घरका ४जनाको सुर्खेत मृत्यु

सुर्खेत/वीरेन्द्रनगर नगरपालिका वडा-१० बुदबुदीमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ । शुक्रबार राती कोइला बालेर कोठामा सुतिरहेका आमा सहित तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरी उपरीक्षक पदम बहादुर विष्टका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका वडा-४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा उनका ८ वर्षीय छोरा नीरज बुढा ९ वर्षीय अर्का छोरा चिरञ्जीवी बुढा र कल्पाकै दाजुको ५ वर्षीय छोरा सम्राट शनिबार घरमै मृत अवस्थामा भेटिएका छन् ।
कल्पाका श्रीमान कृष्ण बहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । उनी जाजरकोट बाट आउँदै गरेकाले घटनास्थल मुचुल्कासँगै शव परीक्षण हुन सकेको छैन् । प्रहरीले शनिबार राति साढे ७ बजे मात्रै घटनाबारे जानकारी पाएको थियो ।

तपाईको प्रतिक्रिया