सुर्खेत/कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-३सियाँला निवासी नेकपा माओवादी केन्द्रका वडा कमिटी सदस्य एवं २०७४ सालको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका वडा-३ को वडा सदस्यमा पराजित भएका लाल पाण्डेको माघे संक्रान्तिमा फलहारका रूपमा प्रयोग हुने तरुल खन्न वनमा जादा भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताए ।
५८ बर्षिय पाण्डेको मृत्युको खबरले गाउँ नै शोकमा परेको छ।उहाँको दाहसंस्कार भने आजनै गरिने पारिवारिक स्रोतले बताएको छ।
तरुल खन्न वनमा जादा पाण्डेको निधन
तपाईको प्रतिक्रिया
भावना शर्मा । १ माघ २०७८, शनिबार ०८:५५