नगर विकास कोष संचालन समितिको सदस्यमा -बम

कालिकोट/ रास्कोट नगरपालिका उप-प्रमुख एवं नेकपा माओवादी केन्द्रकी नेतृ कर्णाली प्रदेश कमिटि सदस्य मिमसरा वम ( शाही ) उषा नेपाल सरकारकारको नगरपालिका कोष संचालन समितिको सदस्यमा मनोनित हुनु भएको छ । संघिय सरकार सहरी बिकास मन्त्रालय मातहतमा रहेको समितिमा कर्णाली प्रदेश बाट बम मनोनितमा पर्नु भएको हो । समितिको नगर विकास कोष परिचालन बोडको सदस्य जस्तो गरिमामय पदमा मनोनयन भए पछी उनलाई सामाजिक सन्जालमा थुप्रैले बधाई दिएका छन । सहरी बिकास मन्त्रिकै नेतृत्वमा रहने बोर्डमा यसै महिनाको १४ गतेको मन्त्री परिषद्को निर्णयबाट बमलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । 

तपाईको प्रतिक्रिया