राष्ट्पति भण्डारी जुम्ला जादै

काठमाडौं /राष्ट्पति विद्यादेवी भण्डारी आज जुम्ला जाने भएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको एमबिबिएस लगायतका कार्यक्रम उद्घाटन र शैक्षिक भवन शिलान्यासका लागि राष्ट्पति जुम्ला जाने भएकी हुन् । पत्रकार सम्मेलन गर्दै राष्ट्पति आउने सबै कार्यक्रमको तयारी पुरा भएको प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए ।
उनका अनुसार राष्ट्पति आज विहान ११ बजे जुम्ला पुग्ने र विहानको खाना नन्दाबक्स गण जुम्लामा खाएर कार्यक्रममा सरिक हुने कार्यतालिका छ । राष्ट्पति संगै एमबिबिएस कार्यक्रम उद्घाटनका लागि स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खातुङ र कर्णाली प्रदेश प्रमुख तिलक परियार शनिवार नै जुम्ला पुगेका छन् ।
भने, चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएको छन् । भने बि फर्ममा २० कोटा निर्धारण भएको ११ जना,बिएनएस तर्फ १६ जना, बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति राष्ट्यि र अन्तराष्ट्यि जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्पति ल्याउन लागिएको रजिष्टार महतको भनाई छ । उनका अनुसार कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो । यसलाई सफल पार्न सबैको सकरात्मक सहयोग आबश्यक रहेको छ । विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन् । त्यसका साथै ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको पनि शिलन्यास हुने भएको छ । यो समाचार सत्यपत्रिका बाट साभार

तपाईको प्रतिक्रिया