माओवादी केन्द्र दैलेख अधिवेशमा दलित प्रतिनिधी नपरेको प्रती यूवाहरुको आपत्ती

काठमाडौं /नेकपा एकिकृत माओबादी केन्द्रले अधिवेशन सम्मन्न गरे लगतै बिबादमा तानिएको छ । सर्वसहमतीको नाममा अबसरवादीहरुलाइ प्राथमिकतामा राख्ने र हिजोका असली सिपाहीहरु जसले जनयूद्ददेखी हालसम्म निरन्तर निस्वार्थ खटिएर पार्टीलाइ शिरमा राखेर हिडेका बफादार कार्यकर्तालाइ बाइपास गरी कमिटी गठन गरेको भन्दै नेकपा माओवादी केन्द्र दैलेखका बुद्दिजीबी संगठनका उपाध्यक्ष बखत भण्डारीले आपत्ती जनाएका छन् ।
११ ओटा स्थानिय तहमा अधिवेशन गरेको माओवादी केन्द्रले गुराँस गाँउपालिकामाका अध्यक्षमा बिर बहादुर शाही,आठबिस नगरपालिकामा बसन्त बस्नेत,ठाँटीकाँध गाँउपालिकामा उमेश कुमार रावत,चामुन्डा बिन्द्रासैनी नगरपालिकामा रणबहादुर खड्का,भैरवी गाँउपालिकामा गोपाल रिजाल,दुल्लु नगरपालिकामा टेक बाहादुर खड्का,डुङ्गेश्व गाँउपालिकामा श्याम राना,भगवतीमाई गाँउपालिकामा नगेन्द्र सिंह, नौमुले गाँउपालिकामा छविराम सुवेदी,महावु गाँउपालिकामा नवराज शाही र नारायण नगरपालिकामा ताराकेशर धमला सर्वसहमतीले चयन गरेको छ ।
समानुपातिक र समावेशी सहभागिताको कुरा उठाउदै आएको नेकपा एकिकृत माओवादीले ११ ओटा स्थानिय तहमा अधिवेशन सम्पन्न गर्दा दलित समुदायको तर्फबाट कुनै पनी दलित प्रतिनिधी नपरेको प्रति समेत दलित समुदायका अगुवा तथा अखिल क्रान्तिकारीका प्रदेश कमिटी सदस्य मोहन सुनारले असन्तुस्टी ब्यक्त गरेका छन । हाल माओवादी केन्द्रका अधिकाँश कार्यर्कता देखी भोटर सम्म दलित समुदायकै बाहुल्यता छ । गाँउ र बस्ती बस्तीमा छिरेर चुनाव ताका होस या कुनै कार्यक्रममा दलितका मुद्दा अगाडी सारेर नेता बनेकाहरुले नै आज दलित समुदायलाइ फेरी पछाडी धकेल्दै आफु नेतृत्वमा पुग्ने काम गरेका छन् यो कुरा कुनै हातलमा सह्य हुन सक्दैन । जुन मुद्दा बोकेर माओवादी केन्द्रको स्थापना भयो र संघर्ष भयो हाल त्यसै मुद्दाको उपेक्षा हुने गरी ११ ओटै तहमा एक जना पनी दलित प्रतिनिधी छनौट हुन नसक्नु ठुलो आश्चर्यको कुरा हो उनले भने ।
दैलेख जिल्ला अखिल क्रान्तिकारीका सचिव कमल विकले भने बर्गिय मुद्दाको उठान गरी संगर्ष गरेको माओवादीले हाल आएर गरिव र पिछडीएको बर्गलाइ नै उपेक्षा गरेको छ । हुने खाने र पहुचवाला नेतृत्वमा पुगेको देखियो । उनले यस प्रकारको अवसरबादी क्रियाकलापका बिरुद्द पार्टी भित्रै रहेर कडासंघर्ष गर्ने बताएका छन् ।यो समाचार लाईका खबर

तपाईको प्रतिक्रिया