केन्पो खुकुरी नेशनल चयाम्पियनसीप प्रतियोगिता असोज ८ गते उद्घाटन हुने

सुर्खेत/ केन्पो खुकुरी नेशनल चयाम्पियनसीप प्रतियोगिता आगामी असोज ८गते काठमाडौमा उद्घाटन हुने भएको छ । यसअघि जेठमै वुटवलमा प्रतियोगिताको आयोजना गर्ने भनेपनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।
केन्पो खुकुरी नेशनल मार्शल आर्टस संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेका अनुसार आगामी भदौ १ गतेदेखि केन्पो खुकुरी प्रशिक्षक प्रशिक्षण शुरु हुनेछ । आगामी असोजमा काठमाडौमा शुरु हुने प्रतियोगितामा २० देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषहरुले भाग लिन पाउने संघले जनाएको छ । प्रतियोगिताको लागि सातै पदेशबाट खेलाडी लिने संघले बताएको छ ।

 

तपाईको प्रतिक्रिया