दियो खबर संवाददाता रुकुुमपश्चिम ।रुकुम पश्चिमका बिभिन्न गाउमा टमाटर लटाराम्म फलेको छ ।हरियो बोटमा फलेको टमाटर कोहि पाकेर किसानले टिप्दै छन भने केहि हरियो बोटमा राम्रो संग फलेको हो ।टमाटर ब्यबसायीक किसानले आधा सरकारको लगानी र आधा उनीहरुको लगानीमा टमाटर खेति शुरु गरेका थिए । रुकुम पशिमका ६ वटै स्थानीय तहले आआफ्नो वडामा किसानहरुलाई आत्म निर्भर बनाउनको निम्ति थोरै मात्रामा पलास्टिक टनेल , सिर्जना जातका टमाटरका बिउ , मुलाभाजीको बिउ १ वडामा ३ किसानलाई उपलब्ध गराईदिएको थियो ।त्यसको सिको गर्दै वडाका अरु किसानले आफ्नै लगानीमा सामान खरिद गरि टमाटर खेति गरेका चौरजहारी वडा नम्बर ९ का किसान डिल्ली कंवरले बताए।
कर्णाली प्रदेशको कृषि , भुमि तथा सहकारी मन्त्रालयको सहयोगमा बाफिकोट गाउपालिका वडा ४ का भिभिन्न टोलमा स्यार्पुताल पकेट नाम दिएर किसानलाई आत्मनिर्भर बनाउनको निम्ति टमाटर खेति संचालन गरेको बताएको छ । प्रदेश सरकारको ९ लाख लगानीमा ८० वटा टनेल र तरकारी खेतिमा प्रयोग हुने बिभिन्न किसिमका बिउहरु , स्प्रे खरिद गरि किसानलाई हस्तान्तरण गरिएको बाफिकोट कृषि बिकाश शाखाले जनाएको छ ।किसानको ५० प्रतिशत लगानी र सरकारको ५० प्रतिशत लगानीमा निर्माण गर्ने गरि सम्झौता भई काम सम्पन्न गरेर तरकारी टमाटर बेच्ने गरेको किसान थलाबिर खड्काले जानकारी दिए।
बाफिकोट ४ का किसानहरुले झन्डै ८ रोपनी जग्गामा टमाटर खेति गरेका छन ।उनीहरुले डोकोमा टमाटर बोकेर बजार सम्म पुर्याउछन र मुल्यमा बृदि नभएको कृषकको भनाई छ ।पहिला टमाटर नभएको बेला १५० रुपैया पर्ने टमाटर आजभोली ८० रुपैयामा पर्ने गरेको स्थानीय किसान लोक बहादुर बुढाथोकीले बताए । उनीहरुले अहिले दैनिकी रुपमा छिनखेत बजार , सेराखेत , बाफिकोट नेटापोखरा , मग्मा र गारघाट लगाएटा ठाउमा बेच्ने गरेता पनि उनीहरुले उचित मूल्य नपाएको गुनासो गरेका छन ।बजारमा भाउ पाएपछी उनीहरुको पारिश्रमिकको दुख्ख उठ्ने बताएको छ ।करिब उनीहरुले १० दिनमा टमाटरको घर निर्माण गरेका थिए । टमाटरको बजारको मुल्य कहिले बढ्ला भन्दै किसान चिन्तित बनेका छन ।उनीहरुले टमाटरको मुल्य खोजिदिन स्थानीय सरकारलाई माग समेत गरेका छन ।
दियो खबर । ६ आश्विन २०७७, मंगलवार १६:४६