अनेरास्ववियुकाे प्रशिक्षण कार्यक्रम लाई कृषि मन्त्री शाहीले गरे सम्बाेधन

तुलराज पाण्डे /कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीले नेकपा एमाले काे भातृ संगठन अनेरास्ववियु कालिकोटले आयोजना गरेकाे विधार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्नु भएको छ ।
देशभरिका सम्पूर्ण प्रगतिशील,वामपन्थी तथा जनवादी बिधार्थीहरू एकजुट हाैं भन्ने मुल नाराका साथ अनेरास्ववियु कालिकोट ले आयोजना गरेकाे कार्यक्रम लाई मन्त्री शाही ले सम्बाेधन गर्नु भएको हाे।अनेरास्ववियु कालिकोटका अध्यक्ष अमित मिलन शाहीकाे अध्यक्षता भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीकाे प्रमुख आथित्यता,नेकपा एमाले कर्णाली प्रदेश कमिटीका प्रदेश सदस्य तथा कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाका उपमेयर बिजया बिष्टको विषेश आथित्यता रहेकाे छ।
कार्यक्रम मा नेकपा एमाले कालिकोट पाटी सचिव चित्रसिङ गाँउले,उपसचिव कमल बहादुर शाही,नेता तिलबहादुर शाही,महिला नेतृ कृष्णकला पाण्डे लगाएका नेता तथा विधार्थी हरूकाे सहभागी रहेको मन्त्री शाहीका प्रमुख स्वकीय सचिव प्रेम बहादुर बुढा,
उक्त कार्यक्रमकाे सञ्चालन अनेरास्ववियुका केन्द्रीय सदस्य हिक्मत मल्ल गरेका थिए।

तपाईको प्रतिक्रिया