तुलराज पाण्डे /कालीकोट जिल्ला निर्वाचन क्षेत्र’क’बाट निर्वाचित कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही जनता भेटघाटमा गाउँ गाउँमा पुग्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले तिलागुफा नगर कमिटी गाल्जेमा आयोजना गरिएको जनता भेटघाट कार्यक्रममा गाउँ पुग्नुभएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले विकासमा तेरो मेरो तथा पक्ष विपक्ष नभन्न नगरबासी सबैलाई आग्रह गर्नुभयो । पक्ष र विपक्षमा लाग्दा आफैलाई हानि हुने उहाँको तर्क थियो । नगरको विकासका लागि तेरो मेरो भन्दा पनि सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल कृषि प्रधान देश भएकाले कर्णाली प्रदेशमा आधुनिक कृषि क्रान्ति गर्नुपर्ने र गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताए ।कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव चित्रसिंह गाउँले,सचिवालय सदस्य ऐन बहादुर शाही, तिलागुफा नगरपालिका वडा-६वडा अध्यक्ष नेता धर्मराज शाही,भातृ संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
आगामी आ.व.२०७८/७९ मा तिला गुफा नगरपालिकामा आवश्यक आयोजनाहरुको नगर-प्रमुख रतन बहादुर शाहीले मन्त्री शाही लाई ज्ञापनपत्र बुझाएका छन् भने ?जनताको माग भएकाले यसलाई आफ्नो मन्त्रलाय बाट हुने सक्दो सहयोग गर्ने समेत बताए ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चौलागाईं,कर्मचारी लगाएको उपस्थिति रहेको युवा संघका जिल्ला संयोजक गणेशबहादुर शाहीले जानकारी गराए।
मन्त्री शाहीले आज कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-५ को घोडेना मा रहेको कृषि अनुसन्धान केन्द्रको अनुगमन गरेका छन् ।नेकपा एमाले भातृ अनेरास्ववियुको प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्ने कार्यक्रम रहेको कृषि मन्त्री शाहीका प्रमुख स्वकीय सचिव प्रेम बहादुर बुढाले बताए ।
दियो खबर । २२ असार २०७८, मंगलवार २२:२४