सुर्खेत । दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालक मंगलबार दिउँसो कर्णाली नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।
१४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी बेपत्ता भएका दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको डीएसपी वलीले बताए ।
suresh । १० भाद्र २०७७, बुधबार ०२:१०