सामाजिक दुरी कायम गर्दै विश्लेषणात्मक कार्यशाला गोष्ठी सम्पन्न

दियो खबर संवाददाता असोज १, कालिकोट ।कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकामा महिला  तथा सिमान्तकृत समुदायका पक्षमा बनेका नीतिगत प्रावधानहरु अबसर र समस्या पहिचान विषयक खाँडाचक्र नगरपालिका स्तरीय विश्लेषणात्मक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

चेतना अभिवृद्धि एवं समाजका अध्यक्ष कृष्णकला पाण्डेको सभाअध्यक्षता मा कार्यक्रम को उद्घाटन गरिएको थियोे ।

उक्त कार्यक्रम मा खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष धनसिंह विश्वकर्मा कार्यपालिका सदस्य धर्मराज ताम्राकार , प्रशासन प्रमुख अविराज शाहि नायब सुब्बा दिपकराज देवकोटा ,दलित सेवा संघ का अध्यक्ष दान बहादुर विश्वकर्मा ,कोषाध्यक्ष बसन्त सुनार, नागरिक समाज लगाएत संचारकर्मि,पत्रकार र सरकारवाला निकायको सहभागिता रहेको थियोे ।

उक्त कार्यक्रमको सहजिकरण दलित सेवा संघका जनवकालत अधिकृत रमेश नेपालीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया