दियो खबर संवाददाता
काठमाडौँ२८ भाद्र । खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त गरिएको छ ।
विभागका महानिर्देशक सुनिलकुमार दासलाई खानेपानी मन्त्रालय सरुवा गरेसँगै विभागकै उप महानिर्देशक रहेकी मीना श्रेष्ठलाई २३ औँ महानिर्देशकका रूपमा नियुक्त गरिएको हो ।बिहीबार भएको सरुवासँगै शुक्रवारदेखि श्रेष्ठले जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले बताए ।२०२९ सालमा स्थापना भएको विभागमा हालसम्म २२ जना महानिर्देशक नियुक्त गरिएको भए पनि महिलाले नेतृत्व पाएको भने पहिलो पटक हो । विभागको पहिलो महानिर्देशकका रूपमा हिरण्यजित मल्ल नियुक्त भएका थिए भने यस अघिका महानिर्देशक दास २०७५ मंसिर महिनामा महानिर्देश बनेका थिए ।
पहिलो पटक महिला महानिर्देशक नियुक्त
तपाईको प्रतिक्रिया
दियो खबर । २८ भाद्र २०७७, आईतवार ०७:३२