अपडेट

एकता नै आजको आवश्यकता : कांग्रेस नेता शाही

कालिकोट/नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीभित्र देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै सबै कांग्रेसजनलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत् उहाँले लेख्नुभएको सन्देशमा फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा विवाद हुनु दुखद भएको उल्लेख गर्नुभएको छ। यस्तो अवस्थामा पार्टीलाई विभाजनतर्फ धकेल्ने काम कसैको हितमा नहुने उहाँको भनाइ छ।

दियो खबरसँग कुरा गर्दै नेता शाहीले अहिले आपसी दोषारोपण र टकरावको समय नभई मतभेद बिर्सेर एकजुट भएर अघि बढ्ने समय आएको बताउनुभयो। विगतका कमजोरीलाई समीक्षा गर्दै फेरि गल्ती नदोहोर्‍याउने स्पष्ट प्रतिबद्धतासहित पार्टी सुधार र रूपान्तरणमा लाग्नुपर्ने उहाँको जोड छ।

लोकतन्त्र, नागरिक अधिकार र पार्टीको भविष्य जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै कांग्रेसजन एक ठाउँमा उभिनुपर्ने शाहीले आग्रह गर्नुभएको छ।

तपाईको प्रतिक्रिया