अपडेट

महावैमा खुला चौरमै अर्धवार्षिक परीक्षा

              तस्विरःचन्दादेवी माध्यमिक विद्यालय,कुनिगेला

सुर्खेत/कालिकोट जिल्लाको महावै गाउँपालिकाअन्तर्गतका विद्यालयहरूमा हाल अर्धवार्षिक परीक्षा शान्त र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। जाडो मौसमका कारण कक्षाकोठाभन्दा खुला चौरमा घाम लाग्ने भएकाले गाउँपालिकाले खुला स्थानमै डेस्क–बेन्चको व्यवस्था गरी परीक्षा सञ्चालन गरेको हो।

सीमित भौतिक संरचनाका बाबजुद पनि शिक्षामा अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरू पारिलो घाम र स्वच्छ वातावरणमा उत्साहका साथ परीक्षामा सहभागी भएका छन्।

महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले शिक्षालाई प्राथमिकतामा राख्दै भने,

“हाम्रो मुख्य लक्ष्य भनेको विद्यार्थीको पढाइ र मूल्याङ्कन निरन्तर गर्नु हो। चिसो मौसममा कक्षाकोठामा बस्न कठिन भएकाले खुला चौरमा घाम लाग्ने ठाउँमा परीक्षा लिएका हौँ। आगामी दिनमा विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा गाउँपालिका प्रतिबद्ध छ।”

तपाईको प्रतिक्रिया