कालिकोट/नेकपा एमाले कालिकोटले प्रतिनिधि सभा सदस्यका लागि नगिन्द्र शाही (नेशनल) लाई एकल रूपमा सिफारिस गरेको छ। बुधबार जिल्ला सदरमुकाम मान्ममा बसेको एमाले जिल्ला सचिवालय तथा जिल्ला कमिटीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
यसअघि काठमाडौंमा पार्टीको विधि र प्रक्रिया विपरीत सिफारिस गरिएको भन्दै व्यापक विरोध र आलोचना भएपछि जिल्ला तहमा पुनः छलफल गरिएको थियो। त्यसक्रममा पार्टीको संस्थागत निर्णय र संगठनात्मक एकतालाई प्राथमिकता दिँदै शाहीको नाम एकल रूपमा केन्द्रमा पठाउने निर्णय गरिएको पार्टी सचिव पुष्पराज आचार्यले वताए।
बैठकमा एमाले जिल्ला अध्यक्ष तुलाराज मल्ल, पूर्व केन्द्रीय सदस्य दक्षिणा शाही, जिल्ला सचिवालयका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।
पार्टीभित्र देखिएका मतभेदलाई समाधान गर्दै सर्वसम्मत निर्णय गरिएको नेताहरूले बताएका छन्। यस निर्णयले आगामी निर्वाचनमा पार्टीलाई थप एकताबद्ध बनाउने विश्वास लिइएको छ।

दियो खबर । २३ पुष २०८२, बुधबार १४:०९