अपडेट

झापा–५ मा बालेनसँग संवादको संकेत,परिवर्तन अपरिहार्य : रञ्जित तामाङ

    सुर्खेत/ नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङले झापा–५ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग संवाद आवश्यक रहेको संकेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत “यसपटक केही न केही परिवर्तन अपरिहार्य छ” भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति सन्देश दिएका हुन्।

झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले तामाङको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बालेन शाहसँगको सम्भावित संवादले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ।

युवा पुस्तामा प्रभाव राख्ने नेताहरूबीचको सम्भावित सहकार्यले झापा–५ को राजनीतिक गणित बदलिन सक्छ कि भन्ने चासो बढ्दो छ। यसले मतपरिणाममा कस्तो असर पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जाने देखिन्छ।

तपाईको प्रतिक्रिया